१० कार्तिक २०८३, मंगलबार

भोजपुरको अरुण गाउँपालिकामा एमालेबाट अध्यक्ष–उपाध्यक्षका उम्मेदवार सर्वसम्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ८ वैशाख । नेकपा (एमाले)ले अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

बिहीबार पालिका कमिटीको बैठकले अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै मुलधारको राजनीतिमा प्रवेश गरेका घिमिरे ७४ चुनावमा पनि अरुणको अध्यक्षमा उठेका थिए । नेपाली कांग्रेसका गजेन्द्रबहादुर कार्कीसँग उनी ६०१ मतान्तरले पराजित भए । पराजितपछि पनि उनी अनवरत रुपमा जनताका लागि खटेका एमालेले जनाएको छ ।

गठबन्धनले अन्य स्थानमा भागण्डा गरे पनि अरुण गाउँपालिकामा भने एक्लाएक्लै भिड्ने निर्णय गरिसकेको छ ।