
हेटौँडा, ८ वैशाख । नेकपा (एमाले)बाट चितवन भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस विजय सुवेदीले वागमती प्रदेशका प्रदेश सांसदबाट राजीनामा दिएका छन् ।
उनले आफ्नो उम्मेदवारी निश्चित हुने भएसँगै सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् । सुवेदीको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको प्रदेश सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले वहालवाला जनप्रतिनिधिहरुले पुनः उम्मेदवार बन्नका लागि राजीनामा दिनुपर्ने भएपछि सुवेदीले राजीनामा दिएका हुन् ।















प्रतिक्रिया