
काठमाडौँ, ८ वैशाख । अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाममा ‘सूर्य कुमारी’ थपेकी छन् ।
उनले सामाजिक सञ्जालको आफ्नो नामको कोष्टमा ‘सूर्य कुमारी’ थपेकी हुन् । उनले नेकपा (एमाले) मा प्रवेश गर्दै आफ्नो न्वारानको नाम सूर्य कुमारी रहेको प्रसंगा निकालेकी थिइन् ।
उनको अभिव्यक्तिमा मजाक उडाउनेलाई उनले सामाजिक सञ्जालमार्फत कडा कटाक्ष गर्दै लेखेकी थिइन्, ‘सूर्य कुमारी, मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’
















प्रतिक्रिया