
काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन् ।
बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
देशभर एमालेको संगठन बलियो बनेकाले एमालेले बहुमत ल्याउने ओलीको भनाइ छ ।
‘अबको निर्वाचनमा हामी बहुमत ल्याउन सक्छौ । ७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौ । तर परिणाम राम्रो ल्याएका थियौ’, अध्यक्ष ओलीले भने, ‘यसपटक तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्छन् । पहिलेको भन्दा स्थिति धेरै राम्रो छ । प्रवेश निषेध भएको प्रदेशमा एमालेले गढ बनाएको छ ।’
कार्यकर्ताहरुलाई आत्मविश्वासका साथ अघि बढ्न हौसला दिँदै अध्यक्ष ओलीले गठबन्धनले एकातिरबाट घेरे पनि सफल नहुने बताए ।















प्रतिक्रिया