
काठमाडौँ, ८ वैशाख । नेपाली कांग्रेसको काठमाडौँ महानगर समितिले मेयरको उम्मेदवारका लागि प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस गरेको छ ।
नगर समितिको बिहीबार बसेको बैठकले वागमती प्रदेश समितिमा मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।
समितिले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।
शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर २५ का वडाध्यक्ष हुन् । सिंह पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् भने हरिप्रभा खड्गी काठमाडौं महानगरपालिकाका उपप्रमुख हुन् । बैद्य नगर समितिका सचिव हुन् भने रञ्जित नगर समितिको सभापतिमा पराजित भएका थिए ।
काठमाडौँको उपमेयरमा एकीकृत समाजवादीलाई दिने गठबन्धनले निर्णय गरे पनि कांग्रेसले उपमेयरका आकांक्षीहरुको पनि नाम सिफारिस गरेको छ । उपमेयरका लागि सुशीला ढकाल र प्रा. डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।
यस्तो छ सिफारिस पत्रः
















प्रतिक्रिया