
काठमाडौँ, ८ वैशाख । सत्ता गठबन्धनको निर्णय काठमाडौँ महानगरपालिकामै विवादित देखिएको छ ।
मंगलबार गठबन्धनको बैठकले काठमाडौँको मेयर कांग्रेसलाई दिने निर्णय गरेपनि कांग्रेसले उपमेयरको उम्मेदवार समेत सिफारिस गर्ने भएको छ ।
नेपाली कांग्रेस काठमाडौं नगर समितिले उपमेयरमा समेत आकांक्षीको नाम सिफारिस गर्ने भएको समितिका एक नेताले जनाएका छन् ।
नगरसमितिले चुनावी तालमेलको विपक्षमा निर्णय गरेकाले आकांक्षीहरुको नाम सिफारिस गर्न लागेको हो ।
नगरसमितिको वुधबार बसेको बैठकले नाममा टुंगो लगाउन नसकेपछि बिहीबारको बैठकले टुंग्याउने बताइएको छ ।
काठमाडौँको मेयरमा कांग्रेसमा एक दर्जन बढी आकांक्षी छन् । सिर्जना सिंह, तीर्थराम डंगोल, निलकाजी शाक्य, सुसन वैद्यलगायतको नाम चर्चामा रहेको छ । सिंह नेता प्रकाशमान सिंह पत्नि हुन् । डंगोल पुराना पुस्ताका काठमाडौं जिल्ला नेता हुन् ।















प्रतिक्रिया