१० कार्तिक २०८३, मंगलबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।