
काठमाडौं, ८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बिहीबार बस्दैछ ।
आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउने उद्देश्यसहित दिउँसो १ बजे पार्टी अध्यक्ष ओलीनिवास बालकोटमा बैठक बस्ने लागेको बताइएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिट बाँडफाँट गरेको भोलिपल्ट एमालेले सचिवालय बैठक डाकेको हो ।
यसैबीच एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस, शंखमुलमा बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक बस्न लागेको बताइएको छ ।















प्रतिक्रिया