६ कार्तिक २०८३, शुक्रबार

कपिलवस्तुको ब्यारेकमा गोली चल्दा घाइते महिला सैनिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कपिलवस्तु, ८ वैशाख । कपिलवस्तुको गोरुसिंगेस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागी घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ ।

गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको नेपाली सेना पश्चिम पृतनाले जनाएको छ ।

राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको सेनाले जनाएको छ ।