६ कार्तिक २०८३, शुक्रबार

सशस्त्र प्रहरी महानिरीक्षक केसीबाट दर्ज्यानी चिह्न प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ७ जना बरिष्ठ अधिकृतहरूलाई विभिन्न दर्जाको दर्ज्यानी चिह्नबाट शुसोभित गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा हिजो बुधबार आयोजित विशेष समारोहकाबीच उनले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले पदोन्नती भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई हार्दिक बधाई दिनाका साथै संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्त भएको उल्लेख गर्दै दर्जासँगै प्राप्तभएको जिम्मेवारी निर्वाहमा अझ बढी क्रियाशील रहँदै कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।