
काठमाडौँ, ७ वैशाख । नेपाली कांग्रेस विराटनगर महानगर समितिले सत्तारुढ गठबन्धनको भागवण्डा निर्णय नमान्ने घोषणा गरेको छ ।
गठबन्धनको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त महानगर समितिले यसअघि नै वैशाख ३० को स्थानीय तहको निर्वाचनमा एक्लै चुनाव लड्ने घोषणा गरिसकेको छ ।
कांग्रेसले मेयर र उपमेयरको पदको उम्मेदवार केन्द्रमा सिफारिस समेत गरिसकेको अवस्थामा नेतृत्वले उपमेयर जसपालाई दिने निर्णय गरेपछि महानगर समिति रुष्ट बनेको हो ।
मेयरको उम्मेदवारमा महानगर समितिले डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दिरा कार्की, दीपक चापागार्ई र गोपाल रेग्मीको नाम सिफारिस गरिसकेको छ ।
त्यस्तै, उपमेयरको उम्मेदवार सिफारिस हुनेमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्के छन् । हाल विराटनगरमा अहिले भीम मेयर र इन्दिरा उपमेयर छन् ।
कांग्रेसका विराटनगर सभापति दीपक चापागाईंले एक्लै चुनाव लड्ने लड्ने र विराटनगरमा कुनै पनि अन्य दलसँग कांग्रेसले तालमेल नगर्ने अडान कायमै रहेको स्पष्ट पारे ।
गठबन्धनका शीर्ष नेताहरुले बालुवाटारमा बसेर गरेको निर्णय उनीहरुलाई नै घातक हुने अवस्था सिर्जना हुने अवस्थामा पुगेको छ ।















प्रतिक्रिया