१० कार्तिक २०८३, मंगलबार

एमालेलाई कसैले हराउन सक्दैनः उपमहासचिव गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ वैशाख । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेलाई कसैले पनि हराउन नसक्ने बताएका छन् ।

वुधबार नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटिको आयोजना तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको व्यवस्थापनमा पोखरामा आयोजित स्थानीय तह निर्वाचन केन्द्रीत प्रचार भेलामा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

उनले जनताको हितमा उल्लेख्य काम गर्दै अगाडी बढेको एमालेको लोकप्रियतादेखि आत्तिएर केहि दलहरुले गठबन्धन् बनाएका बताए ।

जस्तोसुकै गठबन्धनलाई पनि जनताको मत र साथले परास्त गर्ने बताउँदै कार्यकर्तालाई एमालेले गरेका कामहरुको प्रचार गर्न गुरुङले आग्रह गरे ।

एमालेका संघीय, प्रदेश र स्थानीय जनप्रतिनिधिहरुको कार्य उत्कृष्ट रहेको गुरुङले बताए ।

त्यही कार्यले गर्दा नै देशका कुना कुनाबाट विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेको लहर चलेको गुरुङको भनाइ छ ।

कार्यक्रममा उपमहासचिव गुरुङले कास्कीबाट नेकपा एकीकृत पार्टी परित्याग गरी आएका पर्यटन ब्यबसायी क्षेत्र बहादुर गुरुङ, सुक बहादुर परियार, शम्सेर बहादुर मौरति, राजकुमार मौरती, सन्त बहादुर बि क, बिशाल परियार, भिम बहादुर गुरुङ, बिर बहादुर गुरुङ, रामजी सनिया, होम बहादुर परियार लगाएत दर्जन बढी कार्यकर्तालाई एमालेमा स्वागत गरे ।

प्रचार भेलामा नेकपा एमाले गण्डकीका अध्यक्ष नबराज शर्मा, एमाले गण्डकीका उप–सचिब एबं गण्डकीका प्रचार बिभाग प्रमुख रश्मि आचार्य, केन्द्रीय प्रचार बिभाग सदस्य निर्मला शर्मा, गण्डकीका प्रचार बिभाग उप–पमुख पुण्य पौडेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, सचिब सुष्मा पौडेल, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल लगायतले स्थानीय तहको निर्बाचनमा प्रचार रणनीति र गर्नुपर्ने कार्यको बारेमा प्रशिक्षण् दिएका थिए ।

भेलामा गण्डकी प्रदेशका जिल्ला प्रचार बिभाग प्रमुखहरु, जन संगठनका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीको प्रदेश प्रचार तथा प्रकाशन बिभागका सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।