
काठमाडौँ, ७ वैशाख । नेपाली सेनाको ब्यारेकमा गोली पड्किँदा एक जना सिपाहीको मृत्यु भएको छ ।
वुधबार कपिलवस्तुको गोरुसिङ्गेस्थित पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको समशेर दल गणमा गोली चलेको आवाज सुनिएको थियो ।
डेढ महिनाअघि मात्रै त्यहाँ गएको गणको ब्यारेकभित्र भएको गोली प्रहारको घटनाबारे अनुसन्धानका लागि गएको नेपाल प्रहरीको टोलीलाई भने सेनाले गेटमै रोकेको बताइएको छ ।
ब्यारेकभित्र सिपाहीले आफैँलाई गोली चलाएको बताइए पनि सत्यतथ्यबारे अनुसन्धान भइरहेको जनाइएको छ ।















प्रतिक्रिया