११ कार्तिक २०८३, बुधबार

जसपाले नेपालगञ्जको मेयर नपाएपछि पार्टी छोड्ने तयारीमा स्थानीय नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । पाँच दलीय सत्ता गठबन्धले बालुवाटारमा तालमेल गर्ने निर्णय गरिरहँदा भूगोलमा भने तीव्र असन्तुष्टि बढ्ने क्रम चलेको छ ।

यसै क्रममा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) भित्र तीव्र असन्तुष्टि देखिएको छ ।

पार्टी र गठबन्धनबीच भएको सहमतिबाट रुष्ट बनेका स्थानीय जसपाका नेताहरु पार्टी छोड्ने तयारी गरेका छन् ।

वुधबार बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरुले उपमहानगरपालिकाको भागवण्डा मिलाउने क्रममा नेपालगञ्ज कांग्रेसलाई दिने निर्णय गरेका थिए ।

बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय गरेको भन्दै आफूहरू अर्कै चुनाव चिह्न लिएर निर्वाचन लड्ने बताए ।

उनले आफूहरुले गठबन्धन नमान्ने स्पष्ट पारे । स्थानीय दर्जनौँ नेताहरु एवम् सयौँ कार्यकर्ताहरु गठबन्धनबाट रुष्ट बनेका छन् ।