७ कार्तिक २०८३, शनिबार

मेरो नजरमा सबै युवाहरु सबै बालबालिका छोराछोरी हुन्ः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावाद, कृपावादलाई नमान्ने बताएका छन् ।

वुधबार गोदावरीमा ‘युवासँग म’ अन्तर्क्रिरया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘एमालेमा नो नेपोटजिम, नो फेबरिजम, मेरो नजरमा सबै युवाहरु सबै बालबालिका छोराछोरी हुन्’ उनले भने । ओलीले एमालेले ‘गणेश प्रवृत्ति’लाई स्वीकार नगर्ने पनि बताए ।

कार्यक्रममा एक युवकले ओलीलाई एक युवा र ७ करोड लिएर आउने व्यक्ति कसलाई छान्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले अनुचित पैसा र अनुचित कारोबार एमालेले स्वीकार नगर्ने जवाफ दिए ।

त्यस्तै, एमालेलाई कसैले खरिद गर्न नसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।