११ कार्तिक २०८३, बुधबार

कांग्रेसलाई कसैको वैशाखी चाहिँदैन: शेखर कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको वैशाखी नचाहिने बताएका छन् ।

वुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले गन्तव्यमा पुग्न कम्युनिष्टहरुको सहारा नचाहिने बताएका हुन् ।

‘मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौं भन्ने आत्मविश्वास छ । कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भने ।

उनले कांग्रेस केन्द्रीय समितिविरुद्धको निर्णयमा गठबन्धन भएको भन्दै असहमति राखेका छन् ।

‘सबै कुराको लेखाजोखा निर्वाचनपछि गरौला । अहिले कांग्रेसका उम्मेदवार जिताउन हामी सबै लाग्नुपर्छ’, कोइरालाले भने ।