११ कार्तिक २०८३, बुधबार

तीन दलसँग तालमेलका लागि एमालेद्वारा सर्कुलर जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेकपा एमालेले मातहतका कमिटीलाई तीन दलहरुसँग भएका सहमतिअनुसार चुनावी तालमेल गर्न सर्कुलर जारी गरेको छ ।

राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको विद्रोही समूहसँग भएको सहमति कार्यान्वय गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएको हो ।

एमाले महासचिव शंकर पोखरेलले तल्ला निकायलाई पत्र पठाउँदै चुनावी तालमेल गर्न सर्कुलर जारी गरेका हुन् ।

महासचिव पोखरेलले जारी गरेको सर्कुलरमा प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गर्नुका साथै पार्टीको प्रभाव र अवस्था हेरेर आ आफ्नो क्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न निर्देशन दिइएको छ ।