११ कार्तिक २०८३, बुधबार

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ७ वैशाख । लागूऔषध मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१९ बस्ने ३६ वर्षीय  सुरज भन्ने सरोज राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध मुद्दामा उच्च अदालत बिराटनगरको २०७३ भादौ ५ गतेको फैसलाले १ वर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ ।