११ कार्तिक २०८३, बुधबार

गठबन्धनमा उपमहानगरको पनि भागवण्डा टुंगियो, कुन दल कहाँ लड्दै ? (सहमतिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । निकै सकसपूर्ण कसरतपछि सत्तारुढ गठबन्धनले उपमहानगरपालिकाको भागवण्डा मिलाएको छ ।

आआफ्नै अडानमा रहेका दलहरुले वुधबारको भागवण्डा मिलाएका हुन् ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर विवाद चर्किएको थियो ।

नेपालगञ्जमा कांग्रेसलाई मेयरको उम्मेदवारी दिने गठबन्धनले सहमति गरेको हो ।

यससँगै अब सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको एक नेताले दैनिक नेपाललाई जानकारी दिएका छन् ।

जसअनुसार कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी गरी ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाएको छ भने नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराहीसहित दुई उपमहानगरपालिकामा मेयरको उम्मेदवारी पाएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिका लिएको छ ।

महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंगिएको हो ।

शीर्ष नेताहरुले आफ्नो स्वार्थअनुसारको भागवण्डा मिलाए पनि सम्बन्धित क्षेत्रका कांग्रेसका नेता कार्यकर्ताहरुले चर्को विरोध गरेका छन् । पोखरा महानगरपालिकामा बागी उम्मेदवारी दिने चेतावनी दिइएको छ भने हेटौँडा पनि कांग्रेसले आफ्नै एकल उम्मेदवारी दिने जनाएको छ ।

निर्णय नभइ देखिएको विवादले गठबन्धनका दलहरुलाई नै घाटा हुने निश्चित प्राय छ ।