११ कार्तिक २०८३, बुधबार

सर्वोच्चद्वारा ठेकेदारलाई उम्मेदवार बन्न पाउने आदेश जारी (पूर्णपाठ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । सर्वोच्च अदालतले ठेकेदारलाई उम्मेदवार बन्न पाउनेबारे आदेश जारी गरेको छ ।

अदालतले सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नबाट नरोक्न आदेश जारी गरेको हो ।

निर्वाचन आयोग नेपाललाई विपक्षी बनाएर यादव श्रेष्ठले उत्प्रेषणको माग गर्दै दायर गरेको रिटमामाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।

आदेशमा ‘कानूनले निर्धारित योग्यता पुगेको र कानूनमा तोकिएको अन्य अयोग्यता नभए’ मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणापत्रको देहाय (ठ) बमोजिम गरिएको घोषणाका आधारमा ठेक्का कारोबार भएका स्थानीय तहबाहेक अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्न अन्तरिम आदेश गरेको छ ।