२ कार्तिक २०८३, सोमबार

अफगानिस्तानको राजधानी काबुलमा म्याद सकिएको ४५० टन खाद्यान्न नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

७ बैशाख । अफगानिस्तानको राजधानी काबुलमा ४५० टनभन्दा बढी म्याद सकिएको खाद्यान्न र पेय पदार्थ नष्ट भएको देशको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

बिग्रिएको खाना र म्याद सकिएका पेय पदार्थहरू स्वास्थ्य अधिकारीहरूले एक व्यावसायिक केन्द्र, धेरै पसल र सुपरमार्केटहरूबाट बरामद गरेका थिए । काबुलको दक्षिणी बाहिरी भागमा रहेको कलाचा भन्ने क्षेत्रमा सो खाद्य पर्दाथहरु नष्ट गरिएको मन्त्रालयले जनाइएको छ ।–रासस