६ कार्तिक २०८३, शुक्रबार

बालिबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

दोस्रो चरणको राष्ट्रिय अभियान मंगलबारदेखि शुरू भएको थियो । आज अन्तिम दिन पनि देशभर भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम चल्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ ।

स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउने छन् । अभियान ७५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको छ ।