११ कार्तिक २०८३, बुधबार

स्थानीय कांग्रेसको तीव्र असहमतिका बीच भरतपुर महानगर माओवादीलाई दिने देउवाको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । चितवन कांग्रेसको तीव्र असहमतिका बाबजुद केन्द्रीय सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिने तयारी थालेका छन् ।

महानगरका वडाका सभापतिहरुको बैठकले समेत मेयर कांग्रेसले राख्नुपर्ने जोडदार माग गरिरहे पनि सभापति देउवाले माओवादीलाई नै दिन लागेका हुन् ।

यसकै तयारीस्वरुप चितवन कांग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटारमा बोलाएर महानगरको मेयर माओवादीलाई दिनुपर्ने र जिल्लाको माहोल सम्हाल्न आग्रह गरेका छन् ।

जवाफमा खनालले भने जिल्लामा आम नेता कार्यकर्ताहरुले मेयर आफूहरुले राख्नुपर्ने बताउँदै आएका र निर्वाचन परिणामबारे जिम्मा लिन नसक्ने स्पष्ट पारेका छन् ।

एमालेलाई हराउन बनेको पाँच दलीय गठबन्धनमा भित्रभित्रै तीव्र असन्तुष्टि हुन थालिसकेको छ ।

विशेषगरी भागवण्डा नमिलेपछि गठबन्धन कै कारण हार हुनसक्ने आंकलन गर्न थालिएको छ ।