
काठमाडौं, ६ वैशाख । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत चलचित्र ‘सम्झना–बिर्सना’को ट्रेलर सोमबार सार्वजनिक गरिएको छ ।
बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । निमेष प्रधान निर्देशित चलचित्रलाई अद्वितीय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् ।
जेठ ६ गते प्रदर्शन हुने चलचित्रमा पूजा र आकाशका साथमा सुनील थापा, छुल्ठिम गुरुङ, शिसिर राणालगायत कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका बिभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले सघाएका छन् ।
आदित्य फिल्मस्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।















प्रतिक्रिया