आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बार्सिलोना पराजित

दैनिक नेपाल २०७९ वैशाख ६ गते ९:१५

काठमाडौं, ६ वैशाख । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना पराजित भएको छ ।

ला लिगा अन्तर्गत पछिल्लो खेलमा बार्सिलोना कार्डिजसँग १–० ले पराजित भएको हो । कार्डिजको जितमा लुकास पेरेजले निर्णायक गोल गरे । उनले ४८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

३१ खेलबाट ६० अंक रहेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । कार्डिज १६औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित