२ कार्तिक २०८३, सोमबार

रोहित र एन्जिलाले चुपचाप मन पराए (भिडियोसहित)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गरेको नाम हो, रोहित बस्नेत ।

करिअरको छोटो अवधिमा सफल म्यूजिक भिडियोमा काम गरिसकेका उनको चकलेटी लुक्सको मोडलिङ क्षेत्रमा राम्रै चर्चा हुने गरेको छ । म्यूजिक भिडियोबाट बटुलेको अनुभवलाई सर्टिफिकेट मानेर उनी चलचित्रमा समेत प्रवेश गर्ने तयारीमा छन् ।

उनै, रोहितले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘चुपचाप मन पराएँ’ बोलको गीतमा रोहितले एन्जिला बानियाँसँग रोमान्स गरेका छन् । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ ।

गाउँको एक घनाड्य परिवारको घरमा काम गर्ने कामदार (रोहित) र घर धनीकी छोरी (एन्जिला) बीचको प्रेमलाई गीतमा बुनिएको छ । फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियो सुन्दर बनेको छ ।

प्रमोद भट्टराई ‘प्रतिक’को शब्द रचना रहेको गीतमा कृति न्यौपानेको संगीत छ । ओम प्रकाश अवस्थीको निर्देशन र कथा रहेको गीतको भिडियोलाई मेघराज मघरातीले खिचेका हुन् ।

मोडल रोहित बस्नेतले गीतको भिडियोमा बुनिएको कथा धेरै युगल जोडीको वास्तविक कथासँग मेल खाने बताए । उनी यो भिडियो आफ्नो करिअरका लागि कोशेढुंगा सावित हुनेमा विश्वस्त देखिएका छन् ।

https://youtu.be/FOG4ZsUkBCQ