६ कार्तिक २०८३, शुक्रबार

निलम्बनमा परेका गभर्नर अधिकारीको रिटमाथि आज सुनुवाइ हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले पदबहालीका लागि सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाई आज मंगलबार हुने भएको छ ।

गभर्नर अधिकारीको रिटमाथि एकल इजलासमा सुनुवाइ हुने गरी आजका लागि पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । सरकारले शुरू गरेको जाँचबुझ प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा आइतबार निवेदन लिएर पुगेका अधिकारी छानबिन समिति गठन भएपछि स्वतः निलम्बनमा छन् ।

गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा तीन सदस्य समिति गठन गरेको छ । सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गरेर गभर्नर अधिकारीको निवेदनमा अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने बताइएको छ ।