६ कार्तिक २०८३, शुक्रबार

बझाङमा ४ दशमलव १ म्याग्नेच्युड भूकम्पको धक्का, के छ क्षतिको विवरण ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ६ वैशाख । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज मंगलबार बिहान ६ बजेर ३ मिनेट जाँदा भूकम्पको पराकम्प गएको हो । दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्र विन्दु भएर ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लामा महसुस गरिएको थियो । भूकम्पले पुर्याएको क्षतिबारे अहिलेसम्म कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।