११ कार्तिक २०८३, बुधबार

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ५ वैशाख । विराटनगर महानगरपालिका-९ मा पार्किङ गरेको को २० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डल रहेका छन् । उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो । उनीहरु उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।