११ कार्तिक २०८३, बुधबार

पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा, एकजना मृत्यु १६ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ वैशाख । धादिङस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा एकजना यात्रुको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएकी मुना गुरुङको मृत्यु भएको हो । उनी तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत रहेको धादिङ प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रो, विपरीत दिशाबाट आउँदै गरेको बा९च ७०३६ नम्बरको कार र ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा सामान्य घाइते भएका दुईजना उपचारपछि घर फर्किसकेका छन् । बाँकी घाइते सामान्य उपचा पछि थप उपाचारको लागि काठमाडौं ल्याइएको छ ।

दुर्घटनापछि ट्रकको चालक फरार रहेका छन् भने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।