
बुटवल, ४ वैशाख । स्याङजामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको वालिङ नगरपालिका-१२ डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै आइतबार बिहान भएको जीप दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
जीप सडकबाट झण्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनका अनुसार दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । जीपमा ११ जना सवार थिए ।















प्रतिक्रिया