७ कार्तिक २०८३, शनिबार

एमालेको अर्जुनदृष्टि मधेसमा, ओलीको बलियो प्रभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख। स्थानीय तहको निर्वाचनमा आक्रामक सभा र कार्यक्रममा जुटेको नेकपा एमालेले मधेसमा बलियो प्रभाव राख्नेगरी गृहकार्य अघि बढाएको छ।

अध्यक्ष केपी शर्मा ओली अहिले मधेसकेन्द्रित कार्यक्रम र सभामा अभ्यस्त छन्। हिमाल र पहाडमा राम्रो पकड बनाएको एमालेविरूद्ध मधेसमा फैलाइएको अफवाहलाई चिर्नका लागि अध्यक्ष ओली सक्रिय भएका हुन्।

शनिबार मात्र सर्लाहीमा निर्वाचित जनप्रतिनिधिसहित ५ हजार जना एमालेमा प्रवेश गराएका ओली त्यसको केही दिन अघि जनकपुर पुगेका थिए। मधेसमा प्रभाव राखेको भनिएको जनता समाजवादी पार्टीका नेता कार्यकर्ता नै एमाले प्रवेश गरिरहेका छन्।

वीरगञ्जका मेयरदेखि अन्य पालिकाका प्रमुख, उपप्रमुखलाई पनि ओलीले एमालेमा प्रवेश गराइसकेका छन्। ‘देशैभरी एमालेको प्रभाव बलियो छ। मधेसमा केही कमजोर हो कि भन्ने थियो तर अहिलेको उभार देख्दा एमालेप्रतिको आकर्षण र अध्यक्ष ओलीको प्रभाव असामान्य छ’, एक नेता भन्छन्।

मधेस प्रदेशका ८ जिल्ला बाहेक अन्य प्रदेशका तराईका जिल्लामा पनि एमालेले सभाका तयारी गरिरहेको छ। ‘गठबन्धन दलले केही कार्यक्रम गर्न नसकेका बेला एमालेको प्रभाव बलियो छ’, नेताहरू भन्छन् ।