२ कार्तिक २०८३, सोमबार

रुसले दियो युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ४ वैशाख । । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवनरक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ । युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसर्मपणका लागि समय दिएको हो ।

मस्कोको स्थानीय समयानुसार आइतबार बिहान ६ बजेदेखि आत्मसमपर्णका लागि समय सुरु भएको छ । रुसले अबको केही घण्टाभित्र आत्मसमर्पण गर्ने मारिउपोलमा तैथान युक्रेनी सैनिकहरूको जीवनरक्षा गर्ने जनाएको छ ।

मारिउपोलको एजोभस्टाल स्टिल कारखाना रहेको क्षेत्रमा मात्र केही युक्रेनी सैनिक रहेका र त्यहाँ रहेका सबै सैनिकलाई हतियार र गोलीगट्ठा बिसाएको खण्डमा सुरक्षा दिइने भनिएको छ ।

यसरी आत्मसमर्पण गर्ने सबैलाई युद्धबन्दीसम्बन्धी जेनेभा महासन्धिअनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ । बीबीसी, रोयटर्स र अलजजिराबाट ।