२ कार्तिक २०८३, सोमबार

‘नेपालको मौलिक दर्शन’ विषयक शुभकामना विशेष कविगोष्ठी सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । साहित्य सन्ध्याको विगत दुई वर्षदेखि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्न नसकिएको नियमित मासिक गोष्ठीको ४२७औँ शृङ्खला शनिबार अपराह्न १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा आयोजना गरिएको छ ।

उक्त श्रृङ्खला अन्तर्गत साहित्य सन्धयाले शुभकामना विशेष गोष्ठीसहित ‘नेपालको मौलिक दर्शन’ विषयमा परिचर्चा गरेको छ । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा दार्शनिक चिन्तक प्राज्ञ विष्णु प्रभात उपस्थित थिए भने अतिथिका रूपमा डा. नारायण चौलागाईँ, रामबहादुर पहाडी, गोपालकुमार मैनाली, प्रगतिशील लेखक सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष ज्ञानु विद्रोही, सीताराम पद्मकुमारी फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित थिए ।

साहित्य सन्ध्याकी सदस्य देबु लुइँटेलको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि प्राज्ञ विष्णु प्रभातले ‘नेपालको मौलिक दर्शन’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२७औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन भएको साहित्य सन्ध्या यथार्थमा अविरल बगिरहेको नदी भएको बताए ।