६ कार्तिक २०८३, शुक्रबार

लुम्बिनी वाङमयको अधिवेशन सम्पन्न, अध्यक्षमा ऋषि आजाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, ४ वैशाख । लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा पाँचौं साधारण सभा कपिलवस्तुको कपिधाममा सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पिता मंगलकुमार नेपाल र कृष्णप्रसाद कोइरालाका पिता यादवनाथ कोइरालाको शालिक अनावरण गरिएको छ । दुबै शालिकको अनावरण नेपाल प्रज्ञा प्रतिष्ठानाका कुलपति गंगा प्रसाद कोइरालाले गरेका थिए ।

कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानको मानार्थ सदस्यता, आजीवन सदस्याता, विशिष्ट सदस्यता र संस्थापक सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा फत्तेकुमारी ओली, कविता उपाध्याय, पशुपतिमणि त्रिपाठी, नारायण ज्ञवाली, शेखर दहित, डिकबहादुर विश्वकर्मा, गिरीश्रीस मगरलाई अभिनन्दन गएिको थियो । कार्यक्रममा सातवटा पुस्तक विमोचन गरिएको थियो ।

लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका कार्यबाहक अध्यक्ष बालकृष्ण भट्टराई, राप्ती साहित्य परिषदका पूर्वध्यक्ष पुरुषोत्तम खनाल, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना, वरिष्ठ साहित्यकार हरिराज शर्मा, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले सहजीकरण गर्दै निर्वाचन सम्पन्न गरेका छन् । साथै लुम्बिनी वाङमय प्रतिष्ठान नेपालको विधान संशोधन गरी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश बनाइएको छ ।

अधिबेशनले ऋषि आजादको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्ष हरि पोखरेल, उपाध्यक्ष सिर्जना ज्ञवाली, महासचिव अर्जुनकुमार पौडेल, सचिव शेखर दहित, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली रहेका छन् ।

त्यस्तै सदस्यहरूमा विक्रम शिशिर बाँके, मीना बराल बर्दिया, फत्तेकुमारी ओली रुकुम, कमलमणि देवकोटा दाङ्ग, नवराज आचार्य, प्यूठान, कविता उपाध्याय रोल्पा, कृष्णकला भण्डारी पाल्पा, घनश्याम न्यौपाने परिश्रमी नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलवस्तु, तिलक लामिछाने रूपन्देही, कविता पन्थी गुल्मी, पिताम्बर बन्जाडे अर्घाखाँची निर्वाचित भएका छन् ।

कपिलधामका अध्यक्ष शंकर आचार्यको अध्यक्षता र साहित्यकार रुद्र ज्ञवालीको सञ्चालनमा भएको अधिबेशनमा प्रतिष्ठानको संस्थागत र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।