७ कार्तिक २०८३, शनिबार

सत्ता लिप्साका कारण देउवाले कांग्रेस सिध्याउन लागे भन्दै भरतपुरमा ५० बढीले छोडे कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ वैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सिध्याउन लागेको ठहर गर्दै चितवन भरतपुरका ५० जना कांग्रेसका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले पार्टी माओवादीकरण भएको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले शनिबार एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

पूर्व वडाअध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी सहित ५० जनाले सामूहिक राजिनामा दिएको कँडेलले जनाएका छन् ।

पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनीहरुले बताएका छन् ।

कँडेलले पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत जिकिर गरे ।

पार्टीबाट राजीनामा दिए पनि जनताको सेवामा खटिने उनीहरुले बताए ।