११ कार्तिक २०८३, बुधबार

चितुवाको छालासहित ३ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ वैशाख । काठमाडौँ महानगरपालिका–२६ मित्रनगरबाट १ थान दुर्लभ बन्यजन्तु चितुवाको छालासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिल बहादुर तामाङ रहेका छन् ।

उक्त स्थानमा दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।