२ कार्तिक २०८३, सोमबार

सन्तोष अम्गाईको मुक्तक संग्रह सयलको गृह विमोचन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ३ वैशाख । मुक्तककार सन्तोष अम्गाईको मुक्तक संग्रह सयलको गृह विमोचन गोरखा क्याम्पसमा सम्पन्न भएको छ।

मुक्तकमञ्च गोरखाका अध्यक्ष मिलन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा क्याम्पसका क्याम्पस प्रमुख रामशरण बानियाँ हुनुहुन्थ्यो भने अतिथिमा गजलकार प्रदिप रोदन, कवि सुरेन्द्र देवकोटा , प्रध्यापक सन्तोष श्रेष्ठ , प्रध्यापक नवराज पाण्डे आदि रहनुभएको थियो ।

उक्त कार्यक्रममा श्रष्टा परिचय मुक्तककार किरण ढकालले गर्नुभएको थियो त्यस्तै कृतिको समीक्षा सुरेन्द्र देवकोटाले गर्नुभएको थियो भने सरोज परियार, सरला खनाल र सन्तोष श्रेष्ठले संग्रहित मुक्तक गरेका थिए।

कार्यक्रममा वक्ताहरु प्रदिप रोदन , रामशरण बानियाँ तथा सुरेन्द्र देवकोटाले संग्रह भित्र संग्रहित मुक्तक विविध विषयमा प्रभाव पार्नसक्ने निकै दमदार र चोटिला रहेका बताउनु भएको थियो। कार्यक्रम सञ्चालन संस्थाकि सचिव सुस्मिता दवाडीले गरेकि थिइन् ।