७ कार्तिक २०८३, शनिबार

ओलीको ‘वायुपङ्खी’ चुनावी दौड एमाले गर्जिने प्रमाण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यसै साता मात्र सुनसरी, पर्वत, नुवाकोट, लमजुङ, ललितपुरलगायतका विशाल सभामा सम्बोधनका लागि पुगे। हज्जारौं नेता कार्यकर्ता र स्थानीय जनताबीच चुनावमा एमालेको विकल्प नभएको बताउँदै छमछमी नाचे पनि।

शनिबार पनि उनी सर्लाही जाँदैछन्। निर्वाचित मेयरसहितका अनेक पार्टीबाट हज्जारौं मानिसलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ। ‘चुनावलाई सफल बनाउनका लागि नै अध्यक्ष दिनमा १८ घन्टासम्म व्यस्त हुनुहुन्छ। पार्टीका नेता कार्यकर्तादेखि सभा सम्मेलनसम्मा सक्रियता देखिएके छ’, एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल भन्छन्।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले संयुक्त सभा नगर्दा एमाले आक्रामक रुपमा चुनावी अभियानमा सक्रिय छ भने अध्यक्ष ओलीको ‘वायुपङ्खी दौड’ अन्यका लागि भारी साबित हुने निश्चित रहेको नेताहरू बताउँछन्।

दैलेखदेखि जुम्ला, इलामदेखि इटहरीसम्म ओलीका सम्बोधन सम्झनलायक थिए भने उनकै उपस्थितिमा हजारका हजार अन्य दलका कार्यकर्ता एमाले प्रवेश गरेका थिए। ‘चुनाव कसैलाई लागेको छ भने त्यो एमालेलाई मात्र लागेको छ। एमालेको शक्ति झनै मजबुद र बलियो छ, सामना गर्न कठिन हुन्छ अरुलाई’, रिजालले भनेका छन्।

त्यसो त प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग भिड्नका लागि गठबन्धन अनिवार्य रहेको बताउने गरेका छन्। ‘ओलीजी कमजोर छैनन्। बलियो छ। हाम्रो मुख्य प्रतिस्पर्धा एमालेसँग हुन्छ’, उनले भनेका थिए,‘गठबन्धन नगरी सकिँदैन।’

अहिले गठबन्धनमा गडबडी चलिरहेका बेला एमाले भने एकमतले चुनावी सभामा अभ्यस्त रहेको छ।

रिजालले भनेका छन्,‘पाँचतिर फर्केका र पाँचवटा चुनाव चिह्न बोकेर नेकपा (एमाले)का विरूद्धमा मोर्चा बनाएका पाँच दलको गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाबीचको सौदाबाजी मात्र हो।स्वार्थ, आशंका र प्रतिशोधको जगमा खडा भएको यो ‘ढोडको लौरो’लाई परस्त गर्न हाम्रो बलियो संगठन, दृढ नेतृत्व, अपूर्व सक्रियता र जनताको अपार माया पर्याप्त हुन्छ।’

कतिपयले चुनाव सार्ने षडयन्त्र पनि गरिरहेका थिए। तर, एमाले अध्यक्ष ओलीले त्यस्ता गतिविधि नगर्न कडा चेतावनी दिँदै सभाहरूलाई निरन्तरता दिनुलाई एमाले जनमतबाट नै फर्किने दृढतामा रहेको स्पष्ट हुन्छ। त्यसैले त ओलीले शुक्रबार मात्र आत्मविश्वासका साथ भनेका थिए,‘जनमतबाट ५ बर्ष सरकार चलाउनेगरी एमाले फर्किन्छ, अब प्रतिपक्ष बन्दैन।’