२ कार्तिक २०८३, सोमबार

पुटिनको युद्धपोत डुबानदेखि परमाणु अस्त्रको धम्कीसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार ५० दिन पुगेको छ ।

युक्रेनलाई ‘डिमिलिटराइज एन्ड डिनाजीफाई’ (असैनिकीकरण र नाजीमुक्त) गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा ‘विशेष सैन्य कारबाही’को घोषणा गरे पछि सुरु भएको आक्रमण अझै जारी छ ।

यस अविधिमा झण्डै चार करोड ४० लाख जनसंख्या रहेको युक्रेनको करिब एक चौथाई (एक करोड १० लाख बढी)जनता विस्थापित भएका छन् । दशौँ हजार सर्वसाधारणको ज्यान गएको छ । हजारौँ सर्वसाधारण युद्धग्रस्त क्षेत्रमा फसेका छन् । युक्रेनको राजधानीसहितका मुख्य सहरहरूमा ठुलो क्षति पुगेको छ ।

युक्रेनको सेनाले कम्तीमा १९ हजार ६०० रुसी सैनिकको ज्यान गएको मंगलबार (१२ अप्रिलमा) बताएको थियो । यस्तै, झण्डै १४ हजार युक्रेनी सैनिक मारिएको मार्च २५ मा रुसी रक्षा मन्त्रालयले जनाएको थियो । यद्यपि, हताहतीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

दुवै पक्षका सैयौँ लडाकु विमान, हेलिकप्टर, ट्याङ्क, बख्तरबन्द गाडी ध्वस्त भएका छन् । बिहीबार मात्रै रुसले ब्ल्याक सीको सोभियतकालीन युद्धपोत गुमाएको छ । रुसको लागि महत्वपूर्ण रहेको ‘मोस्कभा’ नामक युद्धपोतमा आफूले मिसाइल प्रहार गरेको युक्रेनको दाबी छ ।

आफ्नो युद्धपोत डुबेपछि त्यसको बदला लिन मस्कोले युक्रेनमाथि आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ । शुक्रबार बिहानै किभमा शक्तिशाली विस्फोटन सुनिएको रोयटर्सले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको ५० दिनको प्रतिरक्षालाई उपलब्धि भनेका छन् । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध सुरु भएयता मंगलबार पहिलोपटक सार्वजनिक रूपमा टिप्पणी गर्दै युक्रेन युद्धमा रुसले आफ्नो ‘महान्’ लक्ष्यहरू हासिल गर्ने बताएका थिए ।

यी दुई देशलाई नेटोले सामेल गरे बाल्टिक क्षेत्रमा परमाणु अश्त्र प्रयोगको कुरा नगरिरहन नसक्ने रुसले चेतावनी दिएको छ । रुसले परमाणु अस्त्रको प्रयोगलाई नकारेको छैन । युक्रेनमाथि आक्रमण गरेको केही दिनपछि नै रुसी राष्ट्रपति पुटिनले परमाणु अस्त्रलाई ‘अलर्ट’ (चुस्तदुरुस्तरसतर्क) राख्न आदेश दिएका थिए । अमेरिकाले परमाणु अस्त्र प्रयोग गर्ने रुसी धम्कीलाई ‘हल्का’ रूपमा लिन नहुने बताएको छ ।

एजेन्सीहरूको सहयोगमा ।