११ कार्तिक २०८३, बुधबार

बालिका करणी गरेको आरोपमा एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २ वैशाख । प्रहरीले ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको पर्सौनी गाउँपालिका-५ घर भई पर्साको वीरगञ्‍ज महानगरपालिका-१६ बस्‍न ५५ वर्षीय पलट चौधरी रहेका छन् ।

पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।