७ कार्तिक २०८३, शनिबार

घलेगाउँमा अध्यक्ष ओलीः एमाले प्रतिपक्षमा बस्ने दिन सकिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाखः नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने दिन सकिएको बताएका छन्।

शुक्रबार लमजुङको घलेगाउँमा पुगेका उनले भने,‘केही छिनका लागि एमाले प्रतिपक्षमा पुगेको हो, जालझेल गरी लगेका हुन् तर सँधैका लागि यस्तो हुँदैन।’

पत्नी राधिका शाक्यसहित एउटा कार्यक्रममा पुगेका उनले सम्बोधनका क्रममा घामतिर देखाउँदै भने,‘अहिले भोट के मा भन्दा जनताले सूर्यमा भन्छन्।’ स्थानीय निर्वाचनमा जनताले कसलाई जिताउँछन् भन्ने स्पष्ट भइसकेको उनको ठोकुवा थियो।

अध्यक्ष ओलीले घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । होमस्टेका लागि प्रख्यात घलेगाउँ आजबाट सुखी गाउँका रूपमा घोषित गरिएको हो ।