७ कार्तिक २०८३, शनिबार

सशस्त्रको रिक्त एउटा एआईजी पदमा कसको बढुवा हुँदैछ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख। सशस्त्र प्रहरी महानिरिक्षक (आईजी)मा पुष्पराम केसीको बढुवा भएपछि रिक्त रहेको एउटा अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा तीन जनाको प्रतिस्पर्धा हुने भएको छ।

उक्त पदका लागि गृह मन्त्रालयको बढुवा समितिले योग्यताको प्रमाणपत्र पेस गर्नका लागि आह्वान गरीसकेको छ। सशस्त्र प्रहरी नायव महानिरिक्षक (डीआईजी) राजु अर्याल, चन्द्रप्रकाश गौतम र नारायणदत्त पौडेलको प्रतिस्पर्धा तिव्र छ।

गौतम नेपाली सेनाबाट आएका हुन् भने अर्याल र पौडेल नेपाल प्रहरीबाट सशस्त्रको सेवामा छिरेका थिए। १९ वैशाखमा सशस्त्रले अर्को नयाँ आईजी पाउँदैछ।

उच्च स्रोतका अनुसार सरकारले गौतमलाई आईजी बनाउने तयारी गरेको छ। तैपनि शक्ति केन्द्रको दौडमा अर्याल र पौडेल पनि सक्रिय रहेका छन्। एआईजीमा जो बढुवा हुन्छन् त्यहि नै आगामी आईजी बन्ने सम्भावना बलियो हुनेछ।

अहिले बढुवा भएका एआईजी योग्यताका हिसाबमा आईजीको सोलिड उम्मेदवार हुनेछन्। सशस्त्रमा अहिले एक मात्र एआईजी रामशरण पौडेल छन् र उनी पनि १९ वैशाखमा नै ३० बर्षे सेवा अवधि पूरा गरी केसीसँगै घर फर्किनेछन्।