६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंको मेयरमा एमालेबाट पाँच जना उम्मेदवारको नाम सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ ।

काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको हो ।

नगर कमिटीले वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको हो ।

नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने छ । जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने मापदण्ड तय गरिएको छ ।

महानगरमा एमालेका उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको बताइएको छ ।