आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

रेन्जर्स, वेस्ट ह्याम र लाइप्जिग सेमिफाइनलमा, बाहिरियो बार्सिलोना

दैनिक नेपाल २०७९ वैशाख २ गते ९:२७

काठमाडौं, २ वैशाख । स्कटिस क्लब रेन्जर्स, इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेड र जर्मन क्लब लाइप्जिग युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् भने बार्सिलोना बाहिरिएको छ ।

रेन्जर्सले ९ खेलाडीमा समेटिएको पोर्चुगिज क्लब ब्रागालाई दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ ले तथा समग्रमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

अर्को खेलमा आरबी लाइप्जिगले इटाली क्लब एटलान्टासँग दोस्रो लेगमा २–० ले तथा समग्रमा ३–१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

यस्तै वेस्ट ह्याम युनाइटेडले फ्रान्सेली क्लब लियोनमाथि ३–० को तथा समग्रमा ४–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

यस्तै अर्को खेलमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा आइनट्राख्ट फ्रान्कफुर्टसँग ३–२ ले तथा समग्रमा ४–३ ले पराजित हुँदै बाहिरिएको छ ।

योसँगै युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा वेस्ट ह्याम र फ्रान्कफुर्ट तथा रेन्जर्स र लाइप्जिगबीच प्रतिस्पर्धा हुने छ ।

सेमिफाइनलको पहिलो लेग २८ अप्रिलमा तथा दोस्रो लेग ५ मेमा हुने छ । फाइनल १८ मेमा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित