२ कार्तिक २०८३, सोमबार

भियतनाममा बालबालिकालाई खोप लगाउन शुरू, बेलायतमा भाल्नेभाको खोप अनुमोदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान सुरु भएको हो । पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सो खोप अष्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ ।

बिहीबार झण्डै १५० विद्यालयका बालबालिकाहरूलाई खोप लगाइएको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूको सङ्ख्या झण्डै एक लाख ८१ हजार रहेको अनुमान गरिएको छ । यसअघि विरामी, अशक्त र ज्येष्ठ नागरिकहरूलाई उच्च प्राथमिकता दिएर खोप अभियान चलाइएको थियो ।

बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन

यसैबीच बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको हो ।

भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले आवश्यक सुरक्षा, गुणस्तर र प्रभावकारिता मापदण्डहरू पूरा गरेको पाइएपछि स्वीकृति दिइएको बताइएको छ । एजेन्सी