
काठमाडौँ, १ वैशाख । नेकपा माओवादी केन्द्रका अछामका जिल्ला सहइन्चार्ज लोकबहादुर साउदसहितको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका साउद बिहीबार एमालेमा प्रवेश गरेका हुन् ।
बान्नीगढी जयगढमा आयोजित एक कार्यक्रममा साउदसँगै एमाले प्रवेश गर्ने टोलीलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले स्वागत गरेका छन् ।















प्रतिक्रिया