
काठमाडौँ, १ वैशाख । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भए कारवाही गर्ने स्पष्ट पारेको छ ।
आयोगले आचारसंहिता उल्लंघनको घटनालाई नोटिसमा राखेको भन्दै यस्तो बताएको हो ।
बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको जनाउँदै उल्लंघन भएमा कारवाही गर्ने बताए ।
‘तिनलाई आयोगले नोटिस गरिरहेको छ । जसमध्ये कतिपयलाई आयोगले पत्राचार गरिसकेको छ भने कतिपयको अध्ययन भइरहेको छ’, पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने,‘त्यसका आधारमा उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारवाही आयोगले गर्छ ।’















प्रतिक्रिया