
काठमाडौं, १ वैशाख । गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ ।
मोहन थापाको शब्द रचना गीतमा समावेश छ भने गीतको लय सृजना गायक काफ्ले स्वयमकै रहेको छ । नरेन्द्र वियोगीको गीतमा एरेन्ज रहेको छ ।
गायक काफ्लेकै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन् । धेरै पहिले सुनिने अथवा पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाकाहरू राखेर बनाइएको यो गीत मौलिक रहेको छ ।















प्रतिक्रिया