२ कार्तिक २०८३, सोमबार

फरक सन्देश बोकेको राष्ट्रिय गीत ‘नेपाल’ भिडियोसहित सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । देशको बिम्ब के हुन्छ ? देश त भूगोल मात्र हो राष्ट्रको असली अनुहार त जीवन हुन्छ भन्ने विचार बोकेको म्यूज़िक भिडियो ‘नेपाल’ सार्वजनिक भएको छ ।

विकास सुवेदीले निर्देशन गरेको भिडियो बाँकेको नेपाल भारत सीमाबाट शुरू भएर नेपाल–चीन सीमामा रहेको मुगुमा पुगेर सकिन्छ । लोकप्रिय गायक रामचन्द्र काफ्ले, जुनु रिजाल र स्मिता दाहालको स्वर रहेको गीतमा रामचन्द्र काफ्लेको सगीत र महेश दाहालको शब्द रचना रहेको छ ।

सशस्त्र युद्धको समयमा बर्दीयामा माओवादी बिद्रोहीले हत्या गरेका सहिद गोबिन्द पौडेलको सम्झना निर्माण गरिएको भिडियोको छायांकनका लागि दैलेखको गुराँसेमा रहेका राउटे बस्तीमा सम्म निर्माण युनिट पुगेको थियो । नेपाल तराई, पहाड र हिमालको संयोजन हो भनिएको भिडियोमा विवेक पौडेलको अभिनय, सागर प्रधानको छायांकन र प्रकाश बस्नेतको सम्पादन रहेको छ ।

सामान्यतय राष्ट्रिय गीत भन्ने बित्तिकै राष्ट्रिय झन्डा र विभिन्न जातजातिको भेषभुषा देखाउने गरिने भए पनि यो भिडियो भने फरक बनेको निर्माण पक्षको दाबी छ ।